
२८ आषाढ २०७८, सोमवार
सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामी गृह जिल्ला दार्चुला पुगेका छन। मन्त्री भएपछि पहिलो पटक धामी दार्चुला पुगेका हनु ।
मन्त्री धामीले आज जिल्लामा सञ्चालन भएका योजनाहरुको अवस्थाबारे जानकारी लिने छन ।
मन्त्री धामीले कार्यालय प्रमुखहरुसँग महाकाली नगरपालिकाको सभाहलमा अन्तरक्रिया गर्ने भएका छन । यसै मन्त्री धामीले दिउसो स्थानीय तहका प्रमुख उपप्रमुख, प्रशासकीय अधिकृत लगायतसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।