५ माघ २०७७, सोमवार

डडेल्धुराको अजयमेरु गाउँपालिकाले डडेल्धुरा अस्पताललाई१० लाखको चेक हस्तान्तरण गरेको छ।

गाउँपालिकाले अस्पतालमा सञ्चालन भएको पीसीआर ल्याब सञ्चलान, संकट समाधानका तथा  जनशक्ति व्यवस्थापनका लागि आइतबार अस्पताललाई  चेक हस्तान्तरण गरेको हो।

कोरोना नियन्त्रण तथा रोकथाम गर्ने उद्देश्यले स्थापना भएको प्रयोगशालालाई अझ व्यवस्थित गर्न गाउँपालिकाले अस्पताललाई आर्थिक सहायता गरेको अजयमेरू गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले बताए।

यसअघि अमरगढी नगरपालिकाले २० लाख, नवदुर्गा र गन्यापधुरा गाउँपालिकाले १०÷१० लाख रकम सहयोग गरिसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर