
२७ पौष २०७७, सोमवार
कैलालीको कैलारी गाउँपालिकामा माघी मनाउन ३ दिन बिदा दिने भएको छ ।
थारु समुदायको मुख्य तिहुवारकोरुपमा रहेको माघी मनाउन ३ दिन बिदा दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।
पुष २९ गते तथा माघ १ र २ गते माघी पर्व मनाउन बिदा दिने निर्णय भएको हो । गाउँपालिकाको हिउँदे अधिवेशनले निर्णय गरेको पालिका उपाध्यक्ष लक्ष्मी सत्गौवाले बताए । थारु समुदायमा माघी पर्व वर्षभरीकै सबैभन्दा ठूलो (पहिलो) पर्वकोरुपमा मनाउने गरिन्छ ।