२६ पौष २०७७, आइतवार

ट्रक डडेल्धुरामा  ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

https://amzn.to/4myfPN5

धनगढीबाट अछामका लागि हिँडेको ना ६ ख ३८१७ नम्बरको ट्रक डडेल्धुराको अमरगढी नगरपालिका–११ सल्लाघारीमा दुर्घटना हुँदा चालकको  मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले चालक अन्दाजी ३५ वर्षीय ओमप्रकाश पन्तको मृत्यु भएको बताए।

यस्तै ट्रकका सहचालक १८ वर्षीय मदन साउँद घाइते भएका छन। ट्रक सडकबाट २ सय ५० मिटर तल खसेको छ। दुर्घटनाको कारण भने खुलेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर