 
							१६ पौष २०७७, बिहिवार
कञ्चनपुरमा धामीझाँक्री गर्ने क्रममा मन्दिरमै ढलेका पुरुषको मृत्यु भएको छ। भीमदत्त नगरपालिका– २ महुलियास्थित बिडेश्वर महादेव मन्दिरको शिलान्यास कार्यक्रममा धामीझाँक्री गर्ने क्रममा एक्कासी ढलेका ६५ वर्षीय अंकसिंह भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।
मन्दिरमै ढलेका भण्डारीको उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले बताए । उनका अनुसार मृतकको शव परीक्षणका लागि महाकाली अस्पतालमै राखिएको छ।


 
								
 
										 
										





 
												 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com