राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज बुटवलमा आमसभा आयोजना गर्दैछ। ‘अवस्था बदल्न व्यवस्था बद्लौं’ भन्ने नाराका साथ राप्रपा लुम्बिनी प्रदेशको आयोजनामा उक्त आमसभा हुने भएको हो।

राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदयका अनुसार, पार्टीले सातवटै प्रदेशमा जनजागरण कार्यक्रमको रुपमा आमसभा आयोजना गर्ने योजना बनाएको छ। उनीहरुले सभा गर्ने प्रमुख उद्देश्य भनेको देशमा व्याप्त सामाजिक, राजनीतिक र आर्थिक विसंगतिहरूका बारेमा जनतालाई सचेत गराउनु रहेको बताएका छन्।

https://amzn.to/4myfPN5

आमसभामा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्षद्वय विक्रम पाण्डे र ध्रवबहादुर प्रधान, महामन्त्री धवल शमसेर राणा, केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा, प्रवक्ता ज्ञानेन्द्र शाही लगायतका नेताहरूले सम्बोधन गर्नेछन्।

राप्रपाले बुटवलको ट्राफिकचोकमा आयोजना गरेको यो सभा लुम्बिनी प्रदेशका १२ वटा जिल्लाबाट नेता, कार्यकर्ता र स्थानीय नागरिकहरूको सहभागीता हुने अपेक्षा गरिएको छ। सभा मध्यान्ह १२ बजेबाट सुरु हुनेछ, र र्याली पूर्व बुटवल बसपार्क र लायन्स आँखा अस्पतालबाट निकालिनेछ।

बसपार्कबाट हुने र्यालीको नेतृत्व पार्टीका प्रमुख नेताहरू लिङ्देन, पाण्डे, प्रधान र थापाले गर्नेछन् भने, लायन्स आँखा अस्पतालबाट हुने र्यालीको नेतृत्व महामन्त्री राणा र प्रवक्ता शाहीले गर्नेछन्।
राप्रपाले यो आमसभाको आयोजना देशमा व्याप्त भ्रष्टाचार, विकृति र विसंगतिहरूको बारेमा जनचेतना फैलाउने उद्देश्यले गरेको छ। यस अवसरमा, पार्टीका नेताहरूले राप्रपाको भावी योजनाहरू र आगामी राजनीतिक कार्यक्रमहरूको बारेमा जानकारी दिनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर