१० भाद्र २०७७, बुधवार

दैलेखमा कोराना सक्रमणलाई समुदायमा फैलिन नदिनको लागि स्थानीय प्रशासनले कोरोना रोकथामका लागि  ’एसएमएस अभियान’ संचालन गरेको छ । प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले एक कार्यक्रममो विचमा उक्त कुराको जानकारी गराएका हुन ।
जिल्लाका विभिन्न निकायका प्रतिनिधिहरु त्था नेपाली सेनाको इन्द्र दल गुल्मका सेनानी बिकेसिंह बिश्वकर्मा, प्रहरी नायव उपरीक्षक हरिबहादुर ओली, दैलेख अस्पतालका डा. निरञ्जन पन्त र सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्री समेत सहभागि बैठकमा प्रमुख जिल्ला अधिकारीले सरकारी र गैरसरकारी संस्थाहरुको साझेदारीमा अभियान थालीएको वताए ।
सामाजिक दुरी कायम गर्ने, अनिवार्य मास्क लगाउने र सेनिटाइजरको प्रयोगले कोरोना रोकथाममा तीनवटा सुरक्षा सीप प्रयोग गराउन एसएमएस अभियान सुरु गरिएको र स्थानीय प्रशासनले चालेको कदममा स्थानीय गैरसरकारी निकायहरुले हातेमालो गर्ने भएका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

सामाजिक सेवा केन्द्र नेपाल दैलेखका उप–कार्यकारी निर्देशक बसन्त श्रेष्ठ, एभरेष्ट क्लवका अध्यक्ष दीपक शाही, गैसस महासंघका राधा मल्ल लगायतले कोरोना रोकथामका लागि संञ्चालन गर्न लागिएका परियोजना कार्यक्रमहरुले एसएमएस अभियानलाई सहयोग गर्ने बताए । दैलेखमा १ हजार ३८ जना सक्रमित मध्ये सवै निको भैसकेको छन भने ५७ जना मात्रै सक्रमित रहेको फोकल पर्सन थीरप्रसाद रेग्मीले जानकारी दिए

प्रतिक्रिया

सम्बन्धित खवर