२६ श्रावन २०७८, मंगलवार

कर्णालीका जङ्गलमा फिरन्ते जीवन बिताउदै आएका राउटे बस्तीका तीन जनाको मृत्यु भएको छ ।
एकै महिनामा उनीहरु तीन जनाको मृत्यु भएको हो । एक हप्ताको फरकमा २८ वर्षीय मानसिंह र ३१ वर्षीय दलबहादुर शाहीको मृत्यु भएको हो भने यसअघि आँपसोतीमा रहँदा एक बालिकाको मृत्यु भएको सल्यान जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले वताए ।

परम्पराअनुसार मान्छे मरिसकेपछि उनीहरुले ठाउँ सर्ने गर्दछन । तीनैजनको मृत्युपछि अहिले उनीहरूको संख्या १४० रहेको छ ।

मृत्युको खबर पाएपछि सुर्खेतस्थित जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेसहितको टोलीले सोमबार बस्तीमै पुगेर ५० जनाभन्दा बढीको स्वास्थ्य जाँच गरेको थियो तर अन्य कतिपयले भने जँचाउन आएका थिएनन् ।

“बस्तीमा पुग्दा धेरै बालबालिका कुपोषित भएको पाइयो । त्यो समुदायमा घाउचोट लागेका बिरामी धेरै रहेछन्”, उनले भने, “बालबालिकालाई जुकाको औषधि खुवायौँ । मदिरा, छाला र उच्च रक्तचापसम्बन्धी रोगी बढी थिए ।” जनस्वास्थ्य प्रमुख वाग्लेका अनुसार राउटेलाई सहयोग गर्दै आएको गैरसरकारी संस्था सोसेकको सहयोगमा केही औषधि उपलब्ध गराइएको र थप औषधि पछि पठाइनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर