२५ श्रावन २०७८, सोमवार

दैलेखमा एक श्रीमानले श्रीमतीलाई जीउमा तातोपानि खन्याउनुको साथै अगुल्ठाले हानेर घाईते वनाएका छन । भैरबी गाउँपालिका–५ गौरीसल्लाका २६ वर्षीय दिपक नेपालीले श्रीमती हस्तनालाई देउता चढेको भन्दै यातना दिएका हुन ।

गत बिहीबार राती मदिरा सेवन गरेर घर पुगेका दिपकले कुटपिट गर्नुका साथै तातोपानी र अगुल्ठोल समेत हिर्काएका थिए । श्रीमती हस्तना चार महिनाकि सुत्केरी समेत हुन ।
उनको अहिले जिल्ला सदरमुकामस्थित दैलेख अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले पीडक दिपकलाई पक्राउ गरेकोछ।
दिपकविरुद्ध माइती पक्षले आइतबार प्रहरीमा जाहेरी दिएका छन्।

दिपकलाई हिरासतमा राखेर कानुनी पक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठले बताए।दिनेशखवरवाट

प्रतिक्रिया

सम्बन्धित खवर