१३ श्रावन २०७८, बुधवार
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ६ जना युवाहरूलाई गिरफ्तार गरेको छ ।
गिरफ्तार पर्नेमा डोल्पा ठूलिभेरी नगरपालिका–९ का २१ वर्षीय हरिबहादुर डाँगी, त्रिपुरासुन्दरी नगरपालिका–३ का २१ वर्षीय पदमकृष्ण केसी, सोहि ठाउँका २२ वर्षय हितप्रसाद धरला, २० वर्षीय पवन गुरुङ, २२ वर्षीय भिमप्रसाद बुढा र २२ वर्षीय गोपाल रोकाया रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबहादुर डाँगीले जानकारी दिनु भयो ।
आरोपितहरूले ०७८ साउन ४ गते राती यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले साउन ६ गते चौकी त्रिपुराकोटमा उजुरी दिएका थिए ।