११ श्रावन २०७८, सोमवार

हरेक वर्षको फागुन २ गतेदेखि शुरु हुने हुम्लाको नयाँ शैक्षिक सत्र कोरोना कहरका कारण गत असार १ गतेबाट मात्रै शुरु भयो । तर अहिले सम्म पनि हुम्लामा पाठय पुस्तक पुग्न सकेको छैन ।

कोरोना सक्रमणवाट विधालय नखुलेपनि विधार्थिहरुले पढ्नलागि समेत पाठय पुस्तक पाएका छैनन । सरकारले अनलाईनवाट पठन पाठन गर्ने भनेपनि हुम्लामा त्यस्तो सुविधा प्राय छैन ।

एकातिर पाठयपुस्तक नपाउनु अर्कोतीर अनलाईन कक्षा समेत नहुदा विधार्थीको भविश्यनै विग्रने होकि भनेर अभिभावकहरु चिन्तीत हुन थालेका छन ।
विद्यार्थीले शैक्षिक सत्र शुरु भएको महिना दिन बितिसक्दा पनि पाठ्यपुस्तक नपाउँदा विद्यार्थीको पठनपाठनमा समस्या भएको छ ।

विद्यालय सञ्चालन नभए पनि पाठ्यपुस्तक समयमै ल्याइदिएको भए घरमै बसेर पनि अध्ययन गर्न सकिने  थियो तरपाठ्यपुस्तक ढुवानीको जिम्मा लिएका एजेन्टको लापरवाहीका कारण  समयमै पुस्तक नपाएको अभिभावकहरुको गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर