३ भाद्र २०७७, बुधवार

कैलालीमा बिहीबार राति १२ बजेदेखि १४ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा जारी गर्ने निणर्य गरेको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

यो अवधिमा अत्यावश्यक वस्तु खरिदको कामका लागि बाहेक बाहिर निस्कन रोक लगाइएको छ । अत्यावश्यक कामका लागि बाहिर निस्किँदा मास्क अनिवार्य लगाउन प्रशासन कार्यालयले आग्रह गरेको छ । अत्यावश्यक सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकाय बाहेक अन्य सवै ब्यापार ब्यवसाय र सवारी सञ्चालनमा रोक लगाइएको छ ।

खाद्यान्न, तरकारी, दूध, फलफुल, मासुको हकमा सुरक्षाका मापदण्ड पालना गरी खोल्न सकिने छ ।अत्यावश्यक कार्यालयमा कार्यरत कर्मचारीलाई भने फोटोसहितको परिचय पत्रका आधारमा सवारी सञ्चालन गर्न दिने निणर्य भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर