२२ बैशाख २०७८

कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञाको आदेश जारी गरिएको जिल्लाको संख्या ५२ पुगेको छ ।

४० जिल्लामा  पूर्ण र १२ जिल्लामा निश्चित स्थान तोकेर आंशिक निषेधाज्ञाको आदेश जारी छ ।

बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बर्दिया, सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा त्यस्तै झापा, गुल्मी, प्युठान, बाजुरा, उदयपुर, बझाङ, कपिलवस्तु, नुवाकोट, धनुषा, अर्घाखाँची, बैतडी, दैलेख, महोत्तरी, डोल्पा, डोटी,  नवलपरासी पूर्व, रोल्पा, मुगु, बारा, सिराहा र नवलपरासी पश्चिममा निषेधाज्ञा छ ।

मन्त्रालयका अनुसार तनहुँ, म्‍याग्दी, ताप्लेजुङ, रामेछाप, स्याङ्जा, कालीकोट, मकवानपुर, गोरखा, काभ्रेपलाञ्चोक, मोरङ, दार्चुला र बागलुङमा निश्चित क्षेत्र तोकेर निषेधाज्ञाको आदेश जारी गरिएको छ ।

बुधबार बिहानदेखि महोत्तरी, रोल्पा, मुगुमा पूर्ण निषेधाज्ञा जारी गरिएको छ भने तनहुँ र म्‍याग्दीमा आंशिक रुपमा निषेधाज्ञा लागू गरेको छ ।

म्याग्दीको बेनी नगरपालिका क्षेत्रभित्र वैशाख २२ गते राति १२ बजेदेखि  वैशाख ‍३१ गते राति १२ बजेसम्‍म,तनहुँको ऋषिङ गाउँपालिकाको वडा नम्बर २, ३, ४,५, ६,७ र ८ वडामा आंशिक रुपमा निषेधाज्ञा लागू गरेको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय बारा र सिराहाले वैशाख २३ गतेदेखि विहान ६ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा लागू हुने जनाएको छ । यस्तै रोल्पामा पनि बुधबारदेखि लागू हुनेगरी पूर्ण निषेधाज्ञा लागू गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर