४ बैशाख २०७८
नेकपा एमाले कर्णाली प्रदेश कमिटीले फ्लोर क्रस गर्ने तीन जनालाई कारबाही गरेको छ ।
प्रदेश कमिटीको शनिबार बसेको बैठकले अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढालाई पार्टीको साधरण सदस्य नरहने गरी निष्कासन गरेको हो ।
प्रकाश ज्वालालाई भने महाधिवेशन आयोजक कमिटीको सदस्य भएकाले कारबाहीको सिफारिस गरिएको छ ।
चारै जनालाई सांसदबाट कारबाही गर्न भने हिजै केन्द्रीय कमिटीमा सिफारिस गरिएको थियो ।
ज्वालासहित चार सांसदले पार्टीको ह्वीप विपरित मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।