३ बैशाख २०७८

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत नदिन एमालेले आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ ।

एमाले संसदीय दलका नेता यमलाल कँडेलको निवासमा बसेको संसदीय दलको बैठकले आफ्ना पार्टीका सांसदहरुलाई मुख्यमन्त्री शाहीको प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो ।

एमाले सांसद गुलाबजंग शाहले विश्वासको मतको विपक्षमा मतदान गर्न एमालेका सांसदहरुलाई ह्वीप जारी गरिएको  बताए ।

दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने कार्यसूची छ ।

नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै प्रदेश सरकार अल्पमतमा परेपछि मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लागेका हुन् ।

प्रदेशसभामा ठुलो दलका रुपमा रहेको एमालेको २० सांसद छन् भने सत्तारुढ माओवादी केन्द्रको १२ सांसद छन् ।

प्रदेशसभामा नेपाली काँग्रेसका ६ र राप्रपाका एक सांसद छन् । राप्रपाले विश्वासको मतका सन्दर्भमा तटस्थ भूमिका निर्वाह गर्ने जनाइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर