खानेपानी मन्त्री मणिचन्द्र थापा सुर्खेतको एक कार्यक्रममाबोल्दा बोली सुरुमै चिप्लियको छ । उहाँले आफ्ना कार्यकर्ता एवं उपस्थितलाई सम्बोधनको क्रममा श्री ५ को सरकारको तर्फबाट स्वागत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सुर्खेतका आदरणीय जनसमुदायहरु, म तपाईंहरू सबैलाई नेकपाको स्थायी समितिको तर्फबाट र श्री ५ को सरकारको तर्फबाट यो कार्यक्रममा स्वागत गर्न चाहान्छु ।’पछि सहयोगीले सम्झाइदिएपछि उहाँले नेपाल सरकार नै भन्नुभएको थियो ।

नेकपा विभाजन पछि मन्त्री बन्नुभएका मणिचन्द्र थापा पछिल्लो १ महिनादेखि अत्यन्त व्यस्त हुनुहुन्छ । मन्त्री भएपछि व्यस्त हुनु स्वभाविकै हो ।मन्त्रालयको काममा व्यस्त हुनुपर्ने उहाँ लगायत अन्य मन्त्रीहरू अचेल विभिन्न जिल्लामा आयोजना भएका कार्यकर्ता भेलालाई सम्बोधन गर्न व्यस्त देखिनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर