३० मंसिर २०७७, मंगलवार

सुर्खेतको  छिन्चुमा नारी जागरण बहुउद्देश्यीय कृषक समूहले निर्माण गरेको शीतगृह सञ्चालनमा आएको छ । शीतगृह दुई सय मेट्रिक टन क्षमताको छ ।

चार ब्लकमा रहेको शीतगृहमा प्रतिब्लक ५०/५० टन तरकारी तथा बीउ भण्डारण गर्न सकिनेछ ।  शीतगृहको सञ्चालन तथा व्यवस्थापन साना किसान कृषि सहकारी संस्था लिमिटेडले गर्ने जनाइएको छ ।

कृषक समूहका अध्यक्ष ज्ञानु भुसालले शीतगृह निर्माण भएपछि आलु, तरकारी, फलफूल, बीउबिजन कोहलपुर पु¥याउनुपर्ने बाध्यता हटेको बताउनुभयो । शीतगृह सञ्चालनमा आएलगत्तै ६६३ बोरा अदुवा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर