२९ साउन
दाङमा एम्बुलेन्स दुर्घटना हुदा चारजना घाइते भएका छन । दुर्घटनामापरेका मध्ये एम्बुलेन्स चालक दंगिशरण २ का ३४ वर्षीय मिठुकुमार चौधरी र तुलसीपुर उपमहानगरपालिका . १८ का ४४ वर्षीय पुष्पा पुन मगरको अवस्था गम्भीर रहेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक चक्रडम्मर पालका अनुसार दुबैजनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।
दुर्घटनामा परि मगरकी छोरी २१ वर्षीया छोरी रोजिना बोहोरा पनि घाइते भएकी छन् ।उनका अवस्था सामान्य रहेको छ । नेपालगञ्जबाट शव बोकेर तुलसीपुरतर्फ आउँदै गरेको रा १ च ३४८ नम्वरको एम्बुलेन्स तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ स्थित अम्राई खोलामा विहीवार विहानपख अनियन्त्रित भइ दुर्घटनामा परेको थियो । एम्बुलेन्स झन्डै एकसय मिटर तल खसेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर