वुटवलमा नेकपा छाडेर २सय १८ जना काग्रेसमा प्रवेश

नेपाल कम्युनिष्ट पार्टी नेकपा त्यागेर वुटवलका २१८ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । बुधबार बुटवलमा आयोजना गरिएको एक कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकले उहाँहरुलाई पार्टी प्रवेश गराउनु भएको हो ।


पार्टि प्रवेश गर्नेहरुमा वुटवल नगरकमिटिका सचिवालय जीत वहादुर मल्ल सहितका २सय १८ जना रहेका हुन ।
मल्लले बुधबार नै एक प्रेस बिज्ञप्ती जारी गरि स्थानीय तह, प्रदेश र केन्द्रमा अत्यधिक बहुमतको सरकार हुँदा पनि कम्युनिष्ट पार्टीको नीति अनुसार काम गर्न नसकेको तथा पार्टीको सिद्धान्त र मर्मलाई आत्मसात गर्न नसकेको हुँदा कम्युनिष्ट हुँ भनेर यो पार्टीमा रहनुको औचित्य समाप्त भएको उल्लेख गरिएको छ ।
पार्टी प्रवेशका क्रममा पनि उहाँले नेकपा फूटको संघारमा पुगेको र नीति तथा सिद्धान्त भन्दा पनि व्यक्तिवादी चिन्तनबाट पार्टीलाई अंगाडी बढाउन खोजिएकाले लोकतान्त्रिक मुल्यमान्यता बोकेको नेपाली काँग्रेसमा प्रवेश गरिएको बताउनु भयो ।

पार्टि प्रवेश कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापति रज्जाक,नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँण पार्टीका महासमिति सदस्य युवराज गिरी, काजिमान श्रेष्ठ, क्षेत्रीय सभापति हरि लम्साल, क्षेत्र नं. २ (क) का सभापति माधवलाल देवकोटा, बुटवल नगर सभापति खेलराज पाण्डेले पार्टीमा नवप्रवेशीहरुलाई स्वागत गर्दै पुराना र नवप्रवेशीलाई समान व्यबहार हुने र आफूहरुलाई परेका समस्या खुलेर पार्टीमा राख्न समेत आग्रह गर्नुभयो ।
नेपाली काँग्रेस बुटवल उपमहानगरपालिका वडा नं. ११ का सभापति चित्रबहादुर बर्माको सभापतित्वमा भएको कार्यक्रम वडा सचिव दुर्गाब खत्रीको सञ्चालनमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर