
१८ असोज २०७७, आइतवार
अर्घाखाँची जिल्ला प्रशासन कार्यालयमा अति आवश्यका सेवाहरु बाहेकक अन्य सेवाहरू आइतबारबाट सात दिनको लागि बन्द गरिएको छ । प्रशासनका प्रमुख सहित केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसंगै प्रकोप सतर्कताका लागि भन्दै कार्यालय बन्द गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलसहित अन्य चार जना कार्यलयका कर्मचारीहरुलाई पनि कोरोना भाईरस संक्रमण पुष्टि भएको रिपोर्ट आएपछि संक्रमणलाई फैलन नदिन कार्यलयमा अति आवश्यक सेवाहरु बाहेकका अन्य सेवाहरू बन्द गरिएको हो ।
कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायतका सेवाहरू एक साताका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ।