कपिलवस्तुमा ‘लकडाउन’, अत्यावश्यकबाहेकका सबै सेवा बन्द
श्रावण २६, २०७७
कपिलवस्तु–समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि कपिलवस्तु प्रशासनले थप ६ दिनका लागि ‘लकडाउन’ गर्ने निर्णय गरेको छ.

साउन २७ गते बिहान ५ बजेदेखि साउन ३२ गते राती १२ बजे सम्मका लागि ‘लकडाउन’ गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए।
प्रजिअ दीर्घनारायण पौडेलको अध्यक्षतामा जिल्ला कोरोना विपद व्यवस्थापन समितिको बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३ ) तथा संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम सो निर्णय गरिएको हो।
उद्योग कलकारखानाको हकमा भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरको मापदण्डअनुसार सञ्चालन गर्न पाईनेछ। खाद्यान्न तथा तरकारी किन्नका लागि स्थानीय प्रशासनले बिहान ८ बजे देखि १० बजे सम्मको समय तोकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर