२१ भाद्र २०७७, आइतवार

कैलालीमा अबैध रुपमा भन्सार छलि ल्याएका करिव एक लाख मुल्य बराबरका फेन्सी कपडा र हार्डबेयरका सामान बरामद गरिएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीबाट खटि गएको गस्ति टोलीले धनगढी उपमहानगरपालिकाको वडा नम्बर २ सन्तोषी टोल र वडा नम्बर १९ फुलवारी बाट भित्र्याउदै गरेको खबैध सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीका अनुसार भारतबाट अबैध रुपमा भन्सार छलि नेपाल भित्र्याउदै गरेको अन्दाजि ९६ हजार ५ सय मुल्य बराबरको फेन्सी कपडा र हार्डबेयर लगायतका सामानहरु बरामद गरीएको हो ।

बरामद गरीएका सामानहरु आबश्यक कार्वाहीका लागि कैलाली भन्सार कार्यालयमा दाखिला गरिएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर