
१६ भाद्र २०७७, मंगलवार
बाँकेमा माछा मार्न गएका एक युवकको करेन्ट लागरे मृत्यु भएको छ । मृत्यु हुनेमा राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ का २१ वर्षीय तिलक थारुको रहेको प्रहरीले जनाएको छ ।
सोमवार राती आफ्नै धानबारीमा माछा मार्न गएका थारुको जंगली बँदेललाई धपाउन थापिएको करेन्टमा परी मृत्यु भएको हो । यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।