३ भाद्र २०७७, बुधवार
रोल्पामा एक घरमा आगलागी भएको छ । जिल्लाको त्रिबेणी गाउँपालिका वडा नम्बर ५ जुगारका जङग बहादुर बिकको घरमा आगलागी भएको हो ।
बालबालिकाहरुले घरको पालिमा रहेको झिम्रि पोल्ने क्रममा आगलागी भएको वताईएको छ । आगलागीबाट घर पूणर् रुपमा जलेको छ ।
आगलागीबाट करीव १ लाख बराबर को धनमाल क्षति भएको वताइन्छ । गाउँपालिकाका अध्यक्ष शान्त कुमार वली, उपाध्यक्ष साबित्रा बुढा मगर, वडाध्यक्ष लगायत स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर