३ भाद्र २०७७, बुधवार
पाल्पाको तिनाउ गाउँपालिकका विभिन्न स्थानमा पक्की पुलहरु निमाणर् भएपछि स्थानियवासिन्दाहरुलाई सुविस्ता पुगेको छ । दोभान चौकी देखि गाउँपालिका बीचमा पर्ने झुम्सा खोलामा करिब ८ करोडको लागतमा पक्की पुल निर्माण पुरा भएको छ
यो पुल निर्माणभएसँगै सिद्धबाबा तिर वाटो विग्रिएमा यो पुल तरेर नुवाकोट हुँदै बुटवल जान सकिने भएको छ गाउँपालिकका अध्यक्ष ओम घर्तील वताए ।
त्यस्तै रानीबगिया, झिंगामारा हुँदै कचल पुग्नेवाटोेको पुल, चरचरेबाट कोल्डाँडा हुदै विस्कुनडाँडा पुग्नेवाटोको पुल, झुम्साबाट सत्यवती जानेबाटोमा पर्ने गोरव्दीघाट पुल, डुम्रे चाकल्दी कुसुमखोला मोटरबाटोको चाकल्दी घाटमा र पानीमिल डुम्रेमा पुल वन्ने कामहरु पनी अगाडि वढिरहेको अध्यक्षले वताए ।
दोभान कचल मोटरबाटोमा पर्ने कुर्मामा खोलामा यसैवर्ष प्रदेश सरकारबारट पक्की पुलको सर्वे र काम सुरु हुने अध्यक्ष घर्तीले रानीमहललाई बताउनुभयो ।