२०७७ भाद्र १, सोमबार

रुपन्देहीको सैनामैना नगरपालिकाले भदौ १ गते राति १२ बजेदेखि भदौ ७ गते राति १२ बजेसम्म लकडाउन गर्ने भएको छ । लकडाउन अवधिमा नगरपालिकाका १२ वटै वडामा अत्यावश्यक बाहेकका सवै सेवा वन्द हुने प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए । लकडाउन अवधिमा स्वास्थ्य, दुग्ध, खानेपानी, पेट्रोलियम, विद्युत, दमकल, एम्बुलेन्स, शव वाहन मात्र चल्न पाउने छन भने अन्य निजी तथा सार्वजनिक सवारी साधनहरु चल्न पाउने छैनन ।
हालसम्मको तथ्यांक अनुसार  सैनामैना नगरपालिकामा ४३ जनासहित रुपन्देहीमा कोरोना संक्रमितको संख्या ४ सय ६४ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर