 
							
३० साउन
घोराही उप–महानगरपालिका– १४ नयाँ बजार स्थित तीनकुने चोकमा निर्माण गरिएको स्वास्थ क्लिनिक भवनको पूर्व सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्नु भएको छ । भवन उद्घाटन गर्दै महराले राज्यले आफ्ना नागरिकलाई निशुल्क स्वास्थ्य सेवा पु¥र्याउँनु पर्ने वताउँनु भयो । अधिकासं स्थानिय तहका स्वास्थ्य संस्थाहरुमा भौतिक पूर्वाधार निर्माण भएपनि त्यसमा आबश्यक पर्ने उपकरण नहुदा स्वास्थ्य सेवामा समस्या देखिएको वताउँदै त्यसको व्यवस्थापनका लागि भुमिका खेल्ने वताउँनुभयो ।
पूर्वाधार विकास कार्यक्रम अन्तरगत सासंद विकास कोषको ५० लाखको लागतमा ४ कोठे भवन र शौचालय निर्माण गरिएको छ । चारवटै कोठामा एसी सहित फर्निचर र स्वास्थ्य क्लिनिकका लागि आबश्यक पर्ने उपकरणहरु जडान गरिएको छ ।
सोहि अबसरमा घोराही उप–महानगरपालिका प्रमुख नरुलाल चौधरी, जिल्ला समन्वय समिति दाङका उप–प्रमुख श्रीधर पौडेललेवडा अध्यक्ष शक्तिराम डाँगी, भवन निर्माण समितिका अध्यक्ष दिलकुमारी बुढा लगायकाले स्वास्थ सेवा क्लिनिकको वारेमा प्रकाश पार्नु भएको थियो


 
								
 
										 
										





 
												 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com