२८ मङ्सिर २०७७

स्याङजाको कालीगण्डकी गाउँपालिकामा रहेको डोजरमा सनिबार बेलुका करिब ८ बजे तिर  आगलागी भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

गाउँपालिकाको वडा न –५,  कार्यलय जनिकै रहेको डोजरमा आगालागी भएको प्रहरीले जानकारी दिएको छ । गाउँपालिकाको डोजरले सनिबार दिनभरी कालीगण्डकी गाउँपालिका–५, जैपतेको  भित्री सडकको काम गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख प्रहरी उपरिक्षक होबेन्द्र बोगटीले घटनाको अनुसन्धानका लागि प्रहरी घटना स्थलमा पुगेको जानकारी दिए ।

डोजर जलेर पूर्ण नष्ट भएको छ । आगालागीबारे अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर