जि.के. पाण्डे
स्याङ्जा

सोमबार साँझ स्याङ्जा को कालीगण्डकी गाउँपालिका वडा नं ४ बराचौर बस्ने २४ वर्षीय शिव पाण्डेलाई १ थान भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ ।

घरमा भरुवा बन्दुक राखेको छ भन्ने सूचनाको आधारमा प्रहरी चौकी विर्घाबाट खटिएको प्रहरीले उक्त हतियार सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर