
१८ मङ्सिर २०७७ जि के पाण्डेय
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै अपांग समन्वय समितिका सदस्य तारा प्रसाद पाण्डेले गाउँपालिका अपांग मैत्री हुनुपर्ने बताउनु भएको छ । गाउँपालिकाको अपांग सम्बन्धि आधिकारिक कार्यक्रममा आफुलाइ ढिलो गरि बोलाइएकोमा गुनासो व्यक्त गर्दै पाण्डेले कालीगण्डकी गाउँपालिकाले अपांगहरुको हितमा धेरै काम गर्न बाकी रहेको बताउनुभयो । कालीगण्डकी पोष्ट संगको संक्षिप्त कुराकानीका क्रममाअपांग समन्वय समितिका सदस्य पाण्डेले गाउँपालिकाले अब “ग” र “घ”वर्गका अपांगहरुलाई पनि भत्ता प्रदान गनुपर्ने , गाउँपालिकाको कार्यपालिका समितिमा एक जना अपांगको प्रतिनिधि हुनुपर्ने , गाउँपालिका भित्रका प्रशासनिक कार्यलयका भवनहरु अपांग मैत्री हुनुपर्ने , अपांगहरुकालागि रोजगारीको व्यवस्था गर्नुपर्ने र ” क” वर्गका अपांगहरुको संरक्षकहरुलाई समेत भत्ताको व्यवस्था गर्नुपर्ने आफ्नो माग सहितको धारणा कार्यक्रममा प्रस्तुत गरेको बताउनुभयो । आजको दिन अपांगता भएकाहरूका लागि पर्वको दिन भएता भने राज्यले अपांगको हितमा काम गर्न नसक्दा आफुहरुलाई दुख लागेको बताउनुभयो । कालीगण्डकी गाउँपालिका भित्र कतिपय आधिकारिकरुपमा दर्ता नभएका संस्थालाइ गाउँपालिकाले विभिन्न शिर्षकमा बजेट बिनियोजन गर्दै गर्दा अपांगहरुको हितमा भने काम गर्न नसकेको पाइन्छ । गाउँपालिकाभित्र हाल सम्म वडा नम्बर २ मा एक जनालाई बाहेक अन्य कुनै अपांगलाइ रोजगारी प्रदान गरिएको छैन।