काठमाडौं, ८ मंसिर । नेपाली कांँग्रेसका तर्फबाट समानुपातिक सांसद मोहन पाण्डेले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।
आज संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटेबाट पाण्डेले पद तथा गोपनियताको शपथ लिनु भएको हो । प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको कात्तिक १७ गते निधन भएपछि रिक्त रहेको पाण्डे नियुक्त हुनुभएको हो ।
सपथपछि सांसद पाण्डेले संसदमा प्रतिपक्षिको भूमिकालाई शसक्त बनाउन लागिपर्ने बताउनुभयो । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातक गर्नुभएका पाण्डे पहिलो संविधानसभा सदस्य पनि हुनुहुन्थ्यो । त्यतिबेला उहा स्याङ्जा क्षेत्र नम्बर ३ बाट निर्वाचित हुनुभएको थियो ।
सपथ ग्रहण पछि पत्रकारहरुको प्रश्नको उत्तर दिँदै सांसद मोहन प्रसाद पाण्डेय।