जिल्ला बाल संगठन, स्याङ्जाका सभापति सुजन भट्टराईले पदभार ग्रहण गरेका छन् । जिल्ला बाल संगठन स्याङ्जाको कार्यालयमा आयोजित एक समरोहका बिच जिल्लास्थित विभिन्न निकायका प्रमुखहरुको उपस्थितिमा उनले पदभार ग्रहण गरेका हुन् । उक्त समारोहमा स्याङ्जा-१ बाट प्रतिनिधि सभाका लागि निर्वाचित सांसद नारायण मरासिनी, जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख सीता सुन्दास, प्रमुख जिल्ला अधिकारी उमेश बस्नेत, जिल्ला प्रहरी कार्यालयका प्रमुख एस.पी होबिन्द्र बोगटी, पुतलीबजार नपाका उपप्रमुख महेश पुरी, नेकपा जिल्ला अध्यक्ष पारस गैरे, जिल्ला आयुर्वेदिक स्वास्थ केन्द्रका अध्यक्ष यज्ञ प्रसाद पौडेल, नेकपा स्याङ्जाका नेताहरु रामचन्द्र भट्टराई , विश्व पौडेल लगाएतको उपस्थिति रहेको थियो । पदस्थापन समारोहलाई सम्बोधन गर्दै नवनियुक्त  सभापति भट्टराईले “संगठनको उद्धेश्यलाई  निसर्त पूरा गर्दै देशकै उत्कृष्ट संगठनको रुपमा छिट्टै स्याङ्जालाई स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कालीगण्डकी गापा-४, विर्घा, स्याङ्जामा  जन्मिएका भट्टराई लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय थिए । उनलाई महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय अन्तर्गतको नेपाल बाल संगठन, केन्द्रिय कार्यसमितिले २०७७/०६/२७ गतेका दिन स्याङ्जा सभापतिको रुपमा मनोनित गरेको थियो ।

माननीय प्रतिनिधि सभा सदस्य, नारायण मरासिनी नवनियुक्त अध्यक्ष भट्टराईलाई बधाई दिंदै,

 

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर