 
							१९ कार्तिक २०७७ स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा सडक कालो पत्रे गर्ने काम तीब्र रूपमा भइरहेकै छ । कालीगण्डकी गाउँपालिकाको मिर्मी देखि रिडि सम्मको सडकलाई तीन भागमा बिभाजन गरि सडक कालोपत्रे गर्ने कार्य अगाडि बढाइएको छ। बुधबारबाट वैघा-रिडी सडक खण्ड अन्तर्गत पर्ने कालीगण्डकी गाउँपालिकाको वडा नम्बर ३ वैघाबाट कालोपत्रेका लागी सडकमा प्राइमर राख्ने काम सुरु भएको छ । काम तीब्र रूपमा अगाडि बढी रहेकोे कालीगण्डकी गाउँपालिकाका नेकपा अध्यक्ष कृष्ण लामीछने मगरले जानकारी दिनु भयो। मौसम र अन्य प्राबिधिक पक्षले साथ दिएको खण्डमा मङ्सिर महिनाको अन्त्य तिर सडक कालोपत्रे कार्य सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ। उक्त सडकको आज कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा मगर, उपाध्यक्ष सावित्रा कोइराला , कालीगण्डकी गाउँपालिका नेकपा अध्यक्ष कृष्ण लामिछाने , लगायतकाले अबलोकन गरेका थिए ।


 
								
 
										 
										





 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com