२८ साउन २०७७
जीके पाण्डेय
स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँ पालिकाको भवन निर्माणको लागि माटो परिक्षण गरिएको छ ।


भवन निर्माणको लागि माटो उपयुक्त भए नभएको तथ्य पत्ता लगाउन आज प्राबिधिकहरुको समूहले माटो परिक्षण गरेको हो । कालीगण्डकी गाउँ पालिकाको आफ्नै भवन नहुदा हाल साविकको बिर्घा गाविस भवन बाट पालिकाले सेवा दिइरहेको छ । नयाँ भवन भने कालीगण्डकी गाउँ पालिका वडा नम्बर ४ गहलाममा निर्माण हुन लागेको हो ।
भवन निर्माणको लागि माटो परिक्षणको नतिजा ६र७ दिन भित्र आउने तत्पश्चात मात्र भवन निर्माण कार्य सुरु गरिने गाउँ पालिकाका अध्यक्ष खिम थापा मगरले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर