१२ भाद्र २०७७, शुक्रवार
कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि बागलुङको कोठेखोला गाउँपालिको कार्यालय एक साता बन्द गरिएको छ । गाउँपालिकामा इञ्जिनियर पदमा कार्यरत एक जना कर्मचारीलाई कोरोना पुष्टि भएपछि भदौ १७ गतेसम्म कार्यालय बन्द गर्ने निर्णय गरेको काठेखोला गाउँपालिका अध्यक्ष अमर बहादुर थापाले जानकारी दिनुभयो ।
अध्यक्ष थापाले गाउँपालिकामा कार्यरत कर्मचारीलाई नै कोरोना देखिएकाले उनको सम्पर्कमा आएका कर्मचारीहरुको पिसिआर परीक्षण र संक्रमितको कन्ट्रयाक टे«सिङ गर्नुपर्ने भएकोले एक सातासम्म गाउँपालिका कार्यालयबाट हुने सवै कार्यहरु बन्द गर्ने निर्णय गरेको बताउनुभयो । काठमाडौं गएर भदौ २ गते कार्यालय आएका कर्मचारीको पिसिआर परीक्षण गर्दा बिहिबार संक्रमण पुष्टि भएको थियो

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर