२५ श्रावन २०७८, सोमवार

गण्डकि प्रदेशमा थप ५७७ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार कास्कीका १९६ जना, तनहुँका १३ जना, गोरखाका ४९ जना, लमजुङका ६२ जना र नवलपुरका ९८ जनामा कोरोना पुष्टि भएको हो ।

https://amzn.to/4myfPN5

यस्तै स्याङ्गजाका ८६ जना, पर्वतका पाँच जना, बागलुङका ६० जना, म्याग्दीका सात जना र मुस्ताङ जिल्लाका एक जनामा कोरोना सक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशबाट ४२७ जना कोरोनामुक्त भएका छन् ।

सोमबार गण्डकीमा थप पाँच जनाको मृत्यु पुष्टि भएको छ ।

आज मृत्यु पुष्टि हुनेमा नवलपुरका एक जना, स्याङ्गजाका एक जना, कास्कीका एक जना, म्याग्दीका एक जना र तनहुँका एक जना छन्।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर