२४ श्रावन २०७८, आइतवार

गण्डकी प्रदेशमा आईतवार थप ५१०जना कोरोना सक्रमित थपिएका छन ।
प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार कास्कीमा१६९ जना, तनहुँमा १७ जना, गोरखामा २७ जना, लमजुङका दुई जना र नवलपुरमा १५ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै स्याङ्गजामा १०३ जना, पर्वतमा ५२ जना, बागलुङमा १२२ जना र म्याग्दी जिल्लाका तीन जनामा कोरोना सक्रमण पुष्टि भएको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७२ हजार ५१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ६२५ जना कोरोनामुक्त भएका छन् ।

योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६५ हजार १६४ पुगेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर