२२ श्रावन २०७८, शुक्रवार

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा शुक्रवार ५ जनाको मृत्यु भएको छ ।

https://amzn.to/4myfPN5

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा कास्कीमा २, तथा बागलुङ, पर्वत र म्याग्दीका १÷१ जना गरी ५ जना रहेका छन् ।

शुक्रवार थपिएका ५ जनासँगै प्रदेशमा हालसम्म ज्यान गुमाउनेको संख्या १ हजार १२३ पुगेको छ ।

त्यस्तै प्रदेशमा शुक्रवार मुस्ताङमा २२, म्याग्दीमा १२, पर्बतमा ३७, गोरखामा ११३, लमजुङमा १९, तनहुँमा २७, लमजुङमा १९, तनहुँमा २७, कास्कीमा १६६, वाग्लुङमा ८८, स्याङजामा १०५ र नवलपरासीपूर्वमा ११२ जना गरी ७०१ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये ३४४ जना महिला र ३५७ जना पुरुष रहेका छन् । प्रदेशमा केही दिनयता कोरोना संक्रमित बढ्को संख्या निरन्तर बढिरहेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर