१८ श्रावन २०७८, सोमवार
सोमबार गण्डकि प्रदेशमा ६०९ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार थप ६०९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।
आज कास्कीका २३९ जना, तनहुँका ४८ जना, गोरखाका ६२ जना, लमजुङका २४ जना र नवलपुरका ४७ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै स्याङ्गजाका ९८ जना, पर्वतका २२ जना, बागलुङका ६६ जना, म्याग्दीका दुई जना र मुस्ताङ जिल्लाका एक जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।










