१७ श्रावन २०७८, आइतवार
गण्डकी प्रदेशमा आइतवार मुस्ताङमा १, म्याग्दीमा ११, पर्बतमा १९, गोरखामा ३६, लमजुङमा १४, तनहुँमा ५ कास्कीमा १३८, वाग्लुङमा ९३, स्याङजामा ४ र नवलपरासीपूर्वमा ११ जना गरी ३३२ जना नयाँ संक्रमित थपिएका छन् ।
संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ ।
कास्कीमा २ गोरखामा १ गरी तीनजनाको मृत्यु भएको हो । आइतवार थपिएका ३ जनासँगै प्रदेशमा हालसम्म ज्यान गुमाउनेको संख्या १०९९ पुगेको छ ।









