८ भाद्र २०७७, सोमवार
पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठान ( पश्चिमान्चल क्षेत्रीय अस्पताल) को इमरजेन्सीमा कार्यरत स्वास्थ्यकर्मीमा आइतबार कोरोना देखिएको हो । ३९ वर्षीय इमरजेन्सीमा कार्यरत स्वास्थ्यकर्मीमा पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार होटल क्वारेन्टिनमा रहेका उनलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ८० पुगेको छ ।