१२ श्रावन २०७८, मंगलवार

गण्डकी प्रदेशमा ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार ५५९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

आज संक्रमण पुष्टि हुनेमा  कास्कीका २५४ जना तनहुँका २१ जना, गोरखाका ८६ जना, लमजुङका १४ जना, नवलपुरका ६५ जना र स्याङ्गजाका ५४ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै, पर्वतका ३२ जना, बागलुङका दुई जना, म्याग्दीका २२ जना, मुस्ताङ्गका एक जना र मनाङ्ग जिल्लाका आठ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर