१२ श्रावन २०७८, मंगलवार

स्याङ्जाको फेदीखोला गाउँपालिकाले पालिकाभित्र रहेका लिफ्टिङ खानेपानी उपभोक्ताका लागि अनुदान वितरण गरेको छ ।

https://amzn.to/4myfPN5

खानेपानीको विद्युत् महसुल तिर्दै आएका उपभोक्ताका लागि ५० प्रतिशत अनुदान उपलब्ध गराएको हो ।

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले लिफ्टिङ प्रविधिबाट खानेपानीको उपभोग गर्दै आएका उपभोक्ताको सहयोगका लागि गाउँपालिकाले वर्षभरिको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिने जानकारी दिए ।

उनले भने, ‘हामी गाउँपालिकाबाट उपभोक्ताहरूलाई सहयोग पुगोस् भनेर उपभोक्ता समितिलाई विद्युत् महसुलमा अनुदान दिएका छौं ।’

प्रविधिको प्रयोग गरेर खानेपानीको उपभोग गर्दा बढी खर्चिलो हुने जनाइएको छ । उपभोक्ताले बढी शुल्क तिर्नुपर्ने भएकाले थोरै भए पनि सहयोग पुगोस् भनेर गाउँपालिकाले उपभोक्ता समितिमार्फत अनुदान दिने निर्णय गरेको अध्यक्ष सुवेदीले बताए ।

७ वटा उपभोक्ता समितिलाई ३ लाख रुपैयाँ उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित खवर