११ श्रावन २०७८, सोमवार
स्कुटरको ठक्करबाट स्याङ्जाको फेदीखोला–४ घर भई पोखराको विरौटा बस्ने ५० वर्षीय खेमबहादुर गुरुङको मृत्यु भएको छ ।
पैदलयात्रामा हिडिरहेका उनलाई पोखरा महानगरपालिका–१७, बरालफिडमा स्कुटरले ठक्कर दिएको थियो ।
स्कुटरको ठक्करबाट घाइते भएका गुरुङलाई सामान्य उपचारपश्चात् घर लगिएको थियो ।
घर लग्नासाथ अचेत भएपछि थप उपचारको लागि गण्डकी मेडिकल कलेज लगिएकोमा पुरयाउदा पुरयाउदै उनको मृत्यु भएको हो ।
आइतबार साँझ करिब साढे ७ बजे छोरेपाटनबाट विरौटातर्फ जाँदै गरेको ग९प ७५०९ नम्बरको स्कुटरलेगुरुङलाई ठक्कर दिएको थियो ।
स्कुटर र चालकलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ ।









