११ श्रावन २०७८, सोमवार

मुस्ताङमा पनि कारोना विरुद्धको खोप पुगेको छ । लामो समय निषेधाज्ञा,हवाई सेवा वन्द,बाढी पहिरो र नदी कटानका कारण ठाउँठाउँमा सडक अवरुद्ध हुँदै वल्ल मात्र खोप आईपुगेको हो ।

मुस्ताङमा जोन्सन एण्ड जोन्सन खोप पुगेको हो । गण्डकी प्रदेशको समन्वयमा दुर्गम तथा कम जनसंख्या रहेको मनाङ र मुस्ताङमा १८ वर्षदेखि माथि उमेरका नागरिकलाई खोप लगाउने अनुमती दिइएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य आपूर्ति शाखाबाट मुस्ताङलाई ६ हजार ५ सय डोज अमेरिकी जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराएको थियो ।

स्वास्थ्य कार्यालय मुस्ताङले जिल्लामा आएको खोप ५ वटै स्थानीय तहलाई आवश्यकता रऔचित्यको आधारमा वितरण गरिएको वताएको छ ।

सवै तालिका वनाएर खोप संचालन गरिने स्वास्थ्य प्रमुख टीकाराम भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर