९ श्रावन २०७८, शनिवार
पूर्वी नवलपरासीमा मादक पदार्थ सेवन गरी भएको झगडामा परी ५ महिने बालिकाको मृत्यु भएको छ ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिका ६ मितुङ बस्ने २६ बर्षीय कर्णबहादुर सारु र सोहि ठाउँमा वस्ने पदमबहादुर बाह्रघरेसँग झगडा गरेका थिए ।
भगडाकै क्रममा कर्णबहादुर सारुले ५ महिने धनमाया बाह्रघरेलाई उचाली पिँढीमा फाल्दा बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय रजहरले जनाएको छ ।
पिँढीमा फाल्दा घाइते भएकी बालीकाको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा शनिबार साँझ मृत्यु भएको हो ।
प्रहरीले कर्ण बहादुर सारुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको र बालिकाको शव पोष्टमाटर्मका लागि मध्यविन्दु जिल्ला अस्पताल कावासोती डण्डामा राखिएको प्रहरीले जनाएको छ ।









