८ श्रावन २०७८, शुक्रवार

शुक्रबार गण्डकी प्रदेशमा थप ६ जनाले मन्त्रीहरुको सपथ लिएका छन्। जसमा नेपाली कांग्रेसबाट मेखलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्रीको शपथ लिए।

श्रेष्ठ उनै व्यक्ति हुन्, ३० जेठमा ड्युटीमा खटिएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) श्याम थापा मगरलाई ‘सरकारमा गएपछि हिसाबकिताब हुन्छ’ भन्दै धम्की दिएका थिए। सांसद श्रेष्ठसहित एक हुल मानिस नवनिर्वाचित गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई भेट्न मुख्यमन्त्री कार्यालय जाँदै थिए।

सोही क्रममा इन्स्पेक्टर थापा मगरको टोलीले निषेधाज्ञामा भिड गरेर हिँड्न नमिल्ने, सांसद बाहेक अन्यलाई अत्यावश्यक काम बाहेक हिँडडुलमा रोक लगाइएकाले हिँड्न नमिल्ने भन्दै रोकेको थियो।

त्यसपछि इन्स्पेक्टर थापा मगरले सांसदसहितको टोलीलाई रोकेपछि सांसद श्रेष्ठले प्रहरीलाई धम्की दिएका हुन्। सांसद श्रेष्ठले ‘नाम के हो हिसाब किताब हुन्छ? भन्दै ड्युटीका खटिएका इन्स्पेक्टर मगरमाथि धम्की दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

बर्दीको इन्स्पेक्टरलाई धम्की दिएपछि सांसद श्रेष्ठले उक्त शब्दप्रति कुनै पश्चाताप नभएको बताए। अहिले मन्त्री नै बनेपछि अब इन्स्पेक्टर श्रेष्ठमाथि कस्तो एक्सन लिएर अघि बढ्लान्? चासोको विषय बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर