७ श्रावन २०७८, बिहिवार

बिहीबार गण्डकीका ४७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा ४७१ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

आज संक्रमण पुष्टि हुनेमा कास्कीका २७४  तनहुँका ३४ जना, गोरखाका ३९ जना, लमजुङका तीन जना, नवलपुरका ५७ जना र स्याङ्गजाका २१ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, पर्वतका पाँच जना, बागलुङका ३१ जना र म्याग्दी जिल्लाका सात जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६३ हजार १९५ पुगेको छ ।

बिहीबार गण्डकीमा थप तीन जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा तनहुँका एक जना, बागलुङका एक जना र कास्की पोखरा -२ का एक जना छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर