२०७७ भदौ ५ गते

    पोखरा महानगरपालिका-२७ ज्यामिरेकुनाबाट १ किलो ४ सय ६० ग्राम अवैध लागूऔषध गाँजा र २ थान मोबाइल सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-२७ अर्घौं चोक घर भएका २३ वर्षीय सन्दिप बिक र सोही महानगरपालिका-१७ कालीगन्डकी घर भएका २९ वर्षीय किशोर तिमिल्सेना रहेका छन् ।
पोखराका बिभिन्न स्थानमा लागूऔषध गाँजा किनबेच, ओसारपसार हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हंशपुर कास्कीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ग.५ प ५८७९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट २० ग्राम गाँजा फेला पारी मोटरसाइकल चालक सन्दिप र मोटरसाइकलमा सवार किशोरलाई पक्राउ गरेको हो । साथै अनुसन्धानको क्रममा सन्दिपको कोठाबाट थप १ किलो ४ सय ४० ग्राम लागूऔषध गाँजा समेत प्रहरीले फेला पारी बरामद गरेको हो ।
उनीहरु उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर