२७ आषाढ २०७८, आइतवार

तनहुँ जिल्लाको ऋषिङ्ग गाउँपालिकामा कार्यरत सुरक्षागार्डको पहिरामा पुरिएर मृत्यु भएपछि गाउँपालिकाका सम्पूर्ण सेवा एक दिनका लागि बन्द गरिएको छ ।  ऋषिङ्ग गाउँपालिका वडा नं. ८ माझकोटका ४२ वर्षीय खुमबहादुर थापाको निधनमा दुःख व्यक्त गर्दै गाउँपालिकाले असार २७ गते सेवा बन्द गर्ने निर्णय गरेको हो ।

https://amzn.to/4myfPN5

थापाको बिहीबार गोठमा पानी तर्काउन जाने क्रममा घर माथिबाट खसेको पहिराले पुरिएर मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर